दांत दुख्दा खेरि अपनाउनु पर्ने घरेलु उपचार
१। ल्वाङ - Cloves
अत्यधिक दांत दुख्दा खेरि रुवा मा ल्वाङ को तेल लगाएर दांत मा राख्ने, यदि तेल नभएको खण्डमा ल्वाङ नै दांत मा च्यापेर राख्दा दुख्नु वाट छुटकारा पाउन सकिन्छ।
अदुवा पिसेर सानो टुक्रा दांत मा दवाएर राख्दा केहि छिन मै दुख्नु कम भएर जान्छ।
३। हिंग - Asafoetida
कागती को रसमा हिंग लाइ डुबाएर दुखेको दांत मा लगाउदा एकदम दुख्न कम हुन्छ।
४। लसुन - Garlic
लसुन लाइ किचेर साधारण सेतो या बिरे नुन मिसाएर दुखेको दांत मा राखेर मुख वन्द गरेर बस्दा दुखाइ एकदम कम भएर जान्छ।
५। कुल्ला गर्ने - Gargle
मनतातो पानीमा नुन वा फिटकिरी मिसाएर कुल्ला गर्दा पनि दुखेर सुन्नेको भएतापनि फाइदा पुग्दछ र दुखाइ पनि विस्तारै कम हुदै जान्छ।






Comments
Post a Comment