ओखर का फाइदाहरु
ओखर (Walnut) का फाइदाहरु
दिमाग (Brain)
ओखर मा अधिक मात्रामा ओमेगा ३ फ्याटी एसिड भएको हुनाले यसलाई ब्रेन फूड पनि भनिन्छ र यसको नियमित सेवन ले दिमाग को गतिविधि बढाउन र स्वस्थ राख्न पनि मद्दत गर्दछ।
हृदय (Heart)
ओखर को नियमित सेवनले हृदय मा हुने धमनिहरुलाई सुन्निन दिदैन र हृदयलाई स्वस्थ राख्दछ।
डायबिटीज को नियन्त्रण (Control of Diabetes)
ओखरमा अधिक मात्रामा प्रोटिन र फाइवर रहने हुनाले यसको नियमित सेवन ले वजन पनि कम हुन्छ र डायबिटीज पनि नियन्त्रण गर्दछ।
हड्डीलाइ मजबुत बनाउछ (Bone Strengthening )
ओमेगा ३ फ्याटी एसिड हड्डी लाइ एकदम लाभदायक मानिन्छ र यसमा पाइने कपर , मेग्नेसियम र मेंगानीज ले हड्डी लाइ स्वस्थ राख्न मद्दत गर्दछ र हड्डी खिईने रोग ऑस्टियोपोरोसिस वाट पनि बचाउछ।
कलेजोलाई सफा राख्दछ Keeps the Liver Healthy)
ओखर मा ओमेगा ३ फ्याटी एसिड प्रचुर मात्रामा भएको हुनाले यसको नियमित सेवन ले कलेजो सफा र स्वस्थ राख्न एकदम मद्दत गर्दछ।






Comments
Post a Comment